बिमा खरिदका लागि डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/) मार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआइसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाइनबाटै बिमालेख खरिद गर्न सक्नुहुनेछ ।  

कोरोना भाइरस बिमालेखमा दुई श्रेणीको बिमाङ्क कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बिमालेख रू. १ लाख र दोस्रो श्रेणीको बिमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बिमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बिमाङ्कहरू गरिद गर्न सकिने व्यवस्था छ ।